१२औं बृहत् पुस्तक प्रदर्शनी मेला भृकुटीमण्डपमा आज

काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘१२ औं बृहत् पुस्तक प्रदर्शनी’ मेला सुरु हुने भएको छ । ‘प्रेरणाका लागि पुस्तक’ भन्ने सन्देशसाथ डिकुरा पब्लिकेसनले भृकुटीमण्डपमा माघ ७ गते सम्म बृहत् पुस्तक प्रदर्शनी गर्ने भएको हो ।

मेलामा नयाँ कृति विमोचन समेत गरिनेछ । विभिन्न पार्टीका उच्च नेता, कर्मचारी, कलाकार, साहित्यकार, पत्रकार, कूटनीतिज्ञ, शिक्षाविद् र विशिष्ट व्यक्तित्वलगायत करिब १ लाख पाठकले प्रदर्शनीमा सहभागिता जनाउने आयोजकले जनाएको छ ।

पुस्तक प्रदर्शनीमा देश विदेशबाट प्रकाशन भएका १० हजार बढी पुस्तक राखिनेछन् । भाषा साहित्यको प्रवर्धन, विकासका लागि भनेर आयोजना हुँदै गरेको यो प्रदर्शनीमा सबै उमेर समूहका पाठकका लागि पुस्तक प्राप्त हुने छन् ।

प्रतिक्रिया दिनुहोस्