स्याङ्जामा खोलाले बगाएर २ जनाको मृत्यु

काठमाडौं, भदौ , ६ । स्याङ्गजामा माछा मार्ने क्रममा खोलामा बगेर २ जनाको ज्यान गएको छ ।

जिल्लाको फेदिखोला गाउँपालिका –२, कुखरेखोलाका ६२ वर्षीय पूर्णबहादुर खड््का र पुतलीबजार नगरपालिका–१०, राङखोलाका ४२ वर्षीय मानबहादुर थापाको कुखरेखोलामा माछा मार्ने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

खड्काको जाल हान्ने क्रममा र थापाको माछा मारेर खोला तर्ने क्रममा बगेर ज्यान गएको स्याङ्गजाका डिएसपी नवीन कृष्ण भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्