काठमाडौ आइपुगे भारतीय विदेशमन्त्री एस जयशंकर

काठमाडौं,भदौ ४ । भारतीय विदेश मन्त्री डाक्टर सुव्रमण्यम(एस) जयशंकर काठमाण्डौ आइपुगेका छन् ।

बुधबारदेखि काठमाण्डौमा सुरु हुने नेपाल र भारतबीच परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी हुन उनी नेपाल आएका हुन् ।

नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौ उत्रिएका हुन् ।

भारतमा नयाँ सरकार गठन भएपछि भारतीय विदेशमन्त्रीको यो पहिलो नेपाल भ्रमण हो ।
भारतीय विदेशमन्त्री एस जयशंकर आएलगत्तै दिउँसो ३ बजेपछि बैठक सुरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनलाई स्वागत गर्न परराष्ट्र सचिब शंकरदास बैरागी, भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।

बैठकमा नेपालका तर्फबाट ३५ जना सहभागी हुनेछन् । संयुक्त आयोगमा दुईपक्षीय सम्बन्धका सबै विषयलाई पाँच शीर्षकअन्तर्गत राखेर छलफल गर्ने कार्यसूची छ ।

संयुक्त आयोगमा दुईपक्षीय सम्बन्धका सबै विषयलाई पाँच शीर्षकअन्तर्गत राखेर छलफल गर्ने कार्यसूची छ । राजनीतिक सुरक्षा र सीमा, आर्थिक सहयोग तथा पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत र संस्कृति तथा शिक्षाअन्तर्गत समग्र विषयमा छलफल हुने कार्यसूची छ ।

यी मुख्य कार्यसूचीभित्र परेका रेल्वे लाइन, जलमार्ग, पेट्रोल पम्प लाइन, हुलाकी सडक, चेकपोस्ट स्थापना, नयाँ जलविद्युत योजनालगायतका एक दर्जनभन्दा बढी नयाँ विषयमा समझदारी र कार्यान्वयन प्रक्रिया अगाडि बढ्ने र केही हस्तान्तरण हुने सम्भावना छ ।

बैठकको सुरुमै केही नयाँ समझदारीमा दुई देशका परराष्ट्र मन्त्रीले हस्ताक्षर गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्