नेपाल–भारत संयुक्त बैठक आजदेखि, भारतीय विदेश मन्त्री आउँदै, आजै प्रधानमन्त्रीसँग भेटवार्ता



काठमाडौं, ४ भदौ । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आजदेखि काठमाडौँमा सुरु हुँदैछ । यसको लागि भारतीय विदेश मन्त्री डा.सुब्रह्मण्यम जयशङ्कर (एस जयशंकर) नेपाल आजै नेपाल अयाउने कार्यक्रम छ । आजदेखि दुई दिनसम्म चल्ने संयुक्त आयोगको पाँचौँ बैठकमा विशेष गरी पाँचवटा एजेन्डामा गहन छलफल हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकमा राजनीतिक, सुरक्षा र सीमा, आर्थिक सहयोग र भौतिक पूर्वाधार, व्यापार–पारवहन, ऊर्जा–जलस्रोत, संस्कृति–शिक्षासहितका मुख्य एजेन्डामाथि छलफल हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

बैठकको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी जयशङ्करले संयुक्त रुपमा अध्यक्षता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको को छ । पाँचौं बैठकमा प्रबुद्ध समूह (ईपीजी) ले यसअघि सम्बोधन गरेकै मुद्दा तथा सुल्झन नसकेका द्विदेशीय सरोकारका विषयमा छलफल हुने मन्त्रालयले जनाउको छ ।

बैठकमा प्रबुद्ध समूहले तयार गरेको प्रतिवेदन बुझ्न र कार्यान्वयन तहमा अघि बढ्नसमेत समकक्षी जयशंकरसँग कुरा राखिने मन्त्री ज्ञवालीले बताए । प्रबुद्ध समूहले एक वर्षअघि तयार गरेको प्रतिवेदन भारत सरकारले अझैसम्म नबुझ्दा यसको कार्यान्वयनमा समस्या आउनुका साथै ‘अर्थहीन’ बनेको छ

मन्त्री ज्ञवालीका अनुसार नेपाल–भारत संयुक्त बैठकले द्विपक्षीय सम्बन्धको समग्र पुनरावलोकन गर्ने छ । नेपाल–भारत संयुक्त आयोगको स्थापना सन् १९८७ मा भएको थियो । यसअघि आयोगको चौथो बैठक सन् २०१६ मा भारतको दिल्लीमा भएको थियो ।
यस संयुक्त बैठकले दुइदेशबीचको अन्तरद्वान्द, असमान सन्धि, सिमानामा देखिएको विवाद समाधानलाई पनि सहयोग पुग्ने उपक्षा गरिएको छ ।
बैठक सुरु हुनुभन्दा अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने छन् । प्रधानमन्त्रीसँगको भेटवार्ता दिउँसो २ बजे तय गरिएको छ ।
त्यसपछि दिउँसो तीन बजे होटल याक एण्ड यतीमा आयोजना गरिएको नेपाल(भारत संयुक्त आयोगको बैठकमा जयशंकर सहभागी हुने छन् । बिहीबारसम्म चल्ने बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत विषयमा छलफल गर्ने एजेण्डा तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्