राष्ट्रिय योजना आयोगका कर्मचारी कार्यालयमै मृत फेला, राति ११ बजे सिंहदरबार छिरेका थिए

काठमाडौँ , भदौ ३ । राष्ट्रिय योजना आयोगका एक कर्मचारी कार्यालयमा मृत भेटिएका छन्। आयोगमामा कार्यरत सुब्बा बच्चु केसी मंगलबार मृत फेला परेका हुन्। उनी आयोगको हलमा मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।

सुब्बा केसी कार्यालयमा लडिरहेको अवस्थामा भेटिएका हुन्। सिंहदरवारमै विष सेवन गरेर आत्महत्या गरेको आशंका गरिएको छ।

यसैबिच सिंहदरबारमा मृत भेटिएका नायब सुब्बा बच्चुराम केसी सोमबार राति ११ बजे कार्यालय प्रवेश गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

राष्ट्रिय योजना आयोगस्थित घटनास्थल पुगेर फर्किने क्रममा सांसद राजन केसीले उनी ११ बजे कार्यालय छिरेको प्रहरीले बताएको जानकारी दिए।

राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा करिब केसी बिहान आयोगको सभाहलमा मृत भेटिएका थिए।

प्रतिक्रिया दिनुहोस्