स्वतन्त्रता दिवसमा भातरले नेपाललाई वितरण गर्यो पुस्तक, बस र एम्बुलेन्स

काठमाडौं, साउन ३० । भारतले नेपालका विभिन्न सामाजिक संस्था, स्वास्थ्य एवं शैक्षिक प्रतिष्ठानलाई पुस्तक, बस र एम्बुलेन्स वितरण गरेको छ । दिवसको अवसरमा दूतावासले ३० वटा एम्बुलेन्स र ६ वटा बस वितरण गरेको छ ।

भारतको ७३औँ स्वतन्त्रता दिवसका अवसरमा राजधानीस्थित उक्त देशको राजदूतावासमा आज बिहान एक विशेष समारोह आयोजना गरियो ।

त्यस अवसरमा नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले भारतको राष्ट्रिय झण्डा फहराउनका साथै स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति रामनाथ कोविन्दले जारी गर्नुभएको शुभकामना सन्देश वाचन गरेका थिए ।

समारोहमा भारतीय सेनामा सेवाका क्रममा वीरगति प्राप्त गरेका नेपाली नागरिकका विधवा र सन्तानलाई बीमावापतको रकम हन्तान्तरण गरिएको थियो ।


राजदूत पुरीले पर्सा, सुनसरी, काठमाडौँ, धादिङ, रौतहट, सर्लाही, सप्तरी, धनकुटा, कैलाली, इलाम, झापा, सङ्खुवासभा, रुपन्देहीलगायत ४० वटा विभिन्न सामाजिक सङ्घसंस्था र विद्यालयले सञ्चालन गरेका पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरे ।

साथै उनले देशका विभिन्न भागमा अवस्थित ३० वटा स्वास्थ्य संस्था, सामाजिक संस्थालाई एम्बुलेन्स र त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, प्रहरी विद्यालयजस्ता छ वटा शैक्षिक संस्थालाई बसको साँचो हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्