अब काठमाडौँ महानगरभित्रका विद्यालयको रङ एकै प्रकारको हुने

काठमाडौं, साउन २९ । अब काठमाडौँ महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको रङ एकै प्रकारको बनाउने भएको छ । यसै योजना अनुसार तयारी अगाडि बढाएको महानगरले जनाएको छ ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै किसिमको रङ प्रयोग गर्ने बताए ।

महानगरपालिकाभित्र पदस्थापन भएका माध्यमिक विद्यालय तहका स्थायी शिक्षकको शपथ ग्रहण कार्यक्रममा उनले नगरभित्रका विद्यालयको आफ्नै पहिचान बनाउन एकै किसिमको रङ प्रयोग गर्ने जानकारी दिए ।

रङको सम्पुर्ण खर्च महानगरपालिकाले ब्यहोर्ने उनले बताए । उसका लागि करीब रु १० करोड रकम विनियोजन गरिएकोसमेत उनले जानकारी दिए ।

उनका अनुसार विद्यालयको रङरोगन गर्ने, खेल मैदान निर्माण गर्ने, वृक्षरोपण गर्ने, शौचालय र खानेपानीको व्यवस्था गर्नेलगायतका शीर्षकका लागि रु १० करोड रकम छुट्याइएको छ । ’ महानगरमा ९१ वटा सामुदायिक विद्यालय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्