कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रीलाई तीन दिनभित्र पक्राउ गर्न आदेश

काठमाडौं, साउन २९ । उच्च अदालत पाटनले कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीलाई तीन दिनभित्र पक्राउ गरी उपस्थित गराउन आदेश दिएको छ ।

उच्च अदालत पाटनको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाबाट सोमबार यस्तो आदेश भएको हो ।

कृषि विकास बैंक, रत्नपार्क शाखा जाहेरवाला रहेको बैंकिङ कसुर मुद्दामा मन्त्री खत्रीकै नाम प्रतिवादी कायम भई आएपछि न्यायाधीशद्वय पौडेल र ढुंगानाको संयुक्त इजलासले उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश जारी गरेको हो ।

खत्रीसहित पाँच जनाले एक करोड १० लाख ८० हजार रकमको कृषि विकास बैंक भोजपुरबाट जारी किर्ते बैंक ग्यारेन्टीको पत्र जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेस गरेको अदालतको ठहर छ । –नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्