कालोबजारी रोक्न र जनतालाई गुणस्तरीय खाद्यान्न सर्वसुलभ उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
काठमाडौं , साउन २८ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्तृका प्रसाद यादवले जनतालाई गुणस्तरीय खाद्यान्न सर्वसुलभ उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
जनतालाई गुणस्तरीय खाद्यान्न सर्वसुलभ उपलब्ध गराउने विषयमा सरकार प्रतिवद्ध रहेको यादवले स्पष्ट पारे ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले कालोबजारी रोक्ने र गुणस्तरीय खाद्यान्न सर्वसुलभ उपलब्ध गराउने जिम्मेवारीमा सरकार कटिबद्ध रहेको बताएका हुन् ।
उनले सबै प्रदेशका मन्त्री, महानगर, उपमहानगरपालिका लगायतका पदाधिकारीहरुसंग वृहत छलफल गरी योजना बनाउने काम भएको भन्दै अनुगमन र कारवाही गरेको पनि सुन्न र देख्न आग्रह गरे ।
उनले नेपालमा आयात हुने तरकारी तथा फलफुलमा ८० प्रतिशत सम्म विषादी पाईएको भन्ने कुरामा सत्यता नभएको दाबि सकेत गरेका छन् र
उनले भने, ‘असार मसान्त सम्म ३ हजार ७ सय ४४ वटा नमुना परीक्षण गरिएकोमा ३ हजार ७ सय २९ वटामा ३५ प्रतिशत भन्दा कम देखिएको, १३ वटा नमुनामा ३५ भन्दा बढी देखिएको र २ वटा मा ४५ भन्दा बढी प्रतिशत विषादी प्रयोग भएको पाईएको छ ।’
उनले विषादी जाँच गर्न रोकिएको भन्ने कुरा पनि सत्य नभएको स्पष्ट पारे । उनले सबै स्थानमा उच्चस्तरीय परीक्षण प्रयोगशाला नभएको राजधानी ल्याएर परीक्षण गर्ने गरिएको बताए ।
उनले नेपाल भारतबीच मध्य पहाडी लोकमार्गको उद्गम स्थल चिवाभञ्याङ्गमा व्यापारिक नाका स्थापना गर्ने योजना नभएको र थप नाका स्थापना गर्नुपर्ने देखिएमा दुईपक्षीय वार्ता गरेर मात्रै स्थापना गरिने स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्