गोर्खाज फाइनान्सको २ वटा शाखा विस्तार, शाखा संख्या २० पुग्यो

काठमाडौं । गोर्खाज फाइनान्सले वीरगञ्जको घण्टाघर र धनकुटाको साघुँरीगढी, भेडेटारमा शाखा विस्तार गरेको छ ।
नयाँ वर्ष २०१८ को शुभ अवसरमा शुक्रबार फाइनान्सले एक कार्यक्रमकाबीच वीरगंज महानगरपालिकाका मेयर विजय सरावागी र गोर्खाज फाईनान्स लि. का संचालक श्री पे्रम बहादुर खापुङले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् ।
त्यसै गरी साघुँरीगढी गाउँपालिका ६ भेडेटारका अध्यक्ष कुमारजंग याक्खा, होटल एशोसियसन भेडेटारका अध्यक्ष लिलाराज लावती र गोर्खाज फाईनान्स लि.का अध्यक्ष महेन्द्रलाल राई सो उद्घाटनमा सहभागि थिए ।

यो संगै फाइनान्सको २० शाखा ६ एटिएम, चिपयुक्तग्लष्यल एबथ डेबिट कार्ड, मोबाइल बैंकिङ, ई–बैंकिङ, आश्वा, एबिबिएस, आइपिएस, रेमिटेन्स लगायत सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरु उपलब्ध गराउदै आएको छ । साथै सुनचाँदी धितो कर्जा मुख्य कार्यालय काठमाडौं डिल्लीबजार, बौद्ध,न्यूरोड, सातदोवाटो, भक्तपुर, कैलालीको चौमाला र रुपन्देहीको लखनचोक शाखाबाट दिदै आएको फाइनान्सले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्