यसरी गर्नुहोस जाडोमा मेकअप (फोटो फिचर)

आँखाको मेकअप

चिसो मौसम सुरु भएको छ । अनुहार चम्किलो सुन्दर देखिनको लागि आँखालाई बिशेष मेकअप गर्नु उपयुक्त हुन्छ ।
पहिला क्लिजिंङ्ग मिल्कले सफा गरेर मोइस्चराइजर लगाई प्राइमर लगाउने । त्यसपछी कन्सिलर लगाउने र आफ्नो स्किनको कलर अनुसार फाउन्डेसन लगाउने । त्यसपछी आइब्रो मुनिको भागमा गोल्डेन कलर, पिंक कलर, अथवा आङ्खनो अनुहारको कलर अनुसार हाइलाइट्स गर्ने त्यसपछी आफ्नो ड्रेस अनुसारको आइस्याडो लगाउन सकिन्छ । यसरी आँखाको स्याडो सकेपछी मस्करा लगाई तलमाथि गाजल लगाउने र आइलाइसिस लगाउने ।

लिपिस्टिक कस्तो लगाउने ?

खासगरी अहिले चलेका लिपिस्टिकहरुमा चम्किला खाले लिपिस्टिक नै धेरैको रोजाइमा पर्ने गरेको छ । रातो, सुन्तला रङ, खैरो लगायत यस्तै अन्य रङका लिपिस्टिकहरु प्रायःगरी सबैलाई सुहाउने सौन्दर्य बिशेषज्ञ बताउ‘छन । लिपिस्टिक लगाउनु पहिला लिपलाइनर लगाउनुहोस यसो गर्दा लिपिस्टिक बाहिर लाग्न पाउदैन ।

अनुहारमा चमक ल्याउन

मेकप गर्नुभन्दा २—३ दिन अगाडि फेसियल गर्ने र मेकअप गर्ने दिनमा फेसमा राम्रो सँग क्लिजिङ्ग गर्ने मोस्चराइजर र सनब्लक लोसन लगाइ प्राइमर लगाउने । त्यसपछी फेसको कलर अनुसार कन्सिलर र स्किन अनुसार फाउन्डेसन लगाउने र ब्लेजर लगाउने ।

कपालको डिजाइन कस्तो गर्ने ?

कपालको डिजाइनले धेरै मात्रामा लुक्समा परिवर्तन ल्याउँछ । आफूलाई सुहाउँदो अनुसारको डिजाइन गर्न नसक्दा खल्लो महसुस हुन्छ । पाहिला तपाईं कहाँ जादै हुनुहुन्छ र त्यहाँको माहोल अनुसार हेयर डिजाइन गर्नु पर्छ । स्ट्रेट हेयर , कर्ल हेयर तथा जुरो आफूलाई पहिरन सुहाउदो डिजाइन बनाउन सकिन्छ । जाडो सिजनमा प्रायः कपाल खुल्ला नै छोडिन्छ । गर्मियाममा भने कपाल पहिरन अनुसार थरी थरिको जुरो पनि बनाइन्छ । अहिले बजारमा हरेकलाई सुहाँउदो हेयर एक्सेसेरिज पनि पाईन्छन । जसले गर्दा जाडोयाममा कपालको डिजाइन आफ्नो चाहना अनुसार बनाउन सकिन्छ ।

मन्जु कार्की पाण्डे
मेकअप आर्टिस्ट
ग्ल्यामर एजुकेसन ब्युटी स्कूल
अनामनगर Email: [email protected]

तस्बिर: मनोज नेपाल
प्रतिक्रिया दिनुहोस्