एमाले अध्यक्ष ओली बैंकक जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि यहि पुस २६ गते बुधबार बैंकक जाने भएका छन् ।

मृगौला प्रत्यारोपणपछि बैंककमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका अध्यक्ष ओलीलाई चिकित्सकले दिएको तालिका अनुसार यसअघि जाने तालिएका भएता पनि, चुनावका र राजनतिक कारणले जान नसकेका अध्यक्ष ओलीको भ्रमण पुस २६ देखि ३० सम्मका लागि बैंकक जाने तालिका तय भएको पार्टीले जनाएबको छ ।

यसबीचमा नयाँ सरकार गठनको प्रक्रिया पनि अवरुद्ध भएको कारण ओलीले यहि अवधीमा स्वास्थ्य जाँच गराउन चाहेको स्रोतको दाबी छ ।
ओलीले कही दिनयता सार्वजनिक कार्यक्रम र भेटघाट बन्द गरेका छन् । उनले बिहीबारको सर्वदलीय बैठकमा समेत भीम रावल, सुवास नेम्वाङ, बिष्णु पौडेल लगायतका नेतालाई पठाएका थिए ।

ओलीको स्वास्थ्य अवस्थाकै कारण पार्टी एकताका लागि प्रचण्ड र उनको समेत छलफल हुन सकेको छैन । यसले पार्टी एकतामा पनि शंका उपशंका पैदा भएको छ ।

प्रतिक्रिया दिनुहोस्