सेनापति क्षत्रीद्वारा नवनिर्मित भौतिक पूर्वाधारको उद्घाटन

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले सेनाले निर्माणको ठेक्का पाएको काठमाडौं–तराई/मधेश दु्रतमार्ग आयोजना अन्तर्गत मकवानपुर जिल्लास्थित निर्माण कार्यदल सुरक्षा बेश लेनडाँडा र सुरक्षा बेश बुदुनेमा नवनिर्मित भौतिक पूर्वधारहरुको उद्घाटन गर्नु भएको छ । सो उद्घाटन गर्दै प्रधानसेनापति क्षत्रीले आयोजनामा खट्टिनु भएका आयोजना प्रमुख तथा अन्य रथीबृन्द, अधिकृत लगायतलाई काम छिटो र छरितो रुपमा गर्न निर्देशन दिनु भएको छ ।

द्रुतमार्ग निर्माण गर्न आवश्यक पर्ने जनशक्ति, विष्फोटक पदार्थ लगायत विभिन्न बन्दोबस्तीका सामाग्रीहरु भण्डारण र वितरण लगायतका कार्यहरु निर्माण सम्पन्न सुरक्षा बेशहरुबाट सहज हुने अपेक्षाका साथ सुरक्षा बेशहरुको स्थापना गरिएको हो ।
हालसम्म ५ वटा स्थायी कार्यदल सुरक्षा बेश स्थापना भईसकेको र अन्य सुरक्षाबेशहरु आवश्यकता अनुसार स्थापनाको क्रममा रहेका आयोजनाले जनाएको छ ।
समुद्घाटन गरि सेनापति क्षत्री आजै काठमाण्डौ फिर्ता हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्