राजधानीको व्यस्त बजार न्युरोडमा प्रदेशसभा सांसद लुटिइन्, लुटेरा फरार

काठमाडौं , साउन २६ । राजधानीको व्यस्त बजार न्यूरोडमा प्रदेश नं. ३ कि प्रदेश सांसद भावना सुवेदी लुटिएकी छन् । काठमाडौंको अति व्यस्त बजार न्युरोडमा उनी दिउँसै लुटिएकी हुन् ।


सडकमा हिँडिरहेका बेला अज्ञात व्यक्तिले पर्स तानेर भागेको सँगै रहेकी सावित्री आर्चायले बताइन् ।

उनले भनीन् ती व्यक्तिको अनुहार समेत पहिचान गर्न सकेनौ । ‘माननीयज्यू र मसँगै थियौं । झोलामा हात हानेर पर्स झिकेछ’, ‘मान्छे कता गयो, के भयो केही थाहा भएन ।’

पर्समा ७ हजार रुपैयाँ र केही महत्वपूर्ण परिचय पत्र भएको जनाइएको छ । चितवन घर भएकी सुवेदी सत्तारुढ नेकपाको तर्फबाट समानुपातिक पद्धतिबाट सांसद बनेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्