चितवनको देवघाटमा पुगेर माओवादी अध्यक्ष प्रचण्डले यसो भने पछि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देवघाटलाई नेपालको धार्मिक पर्यटनको केन्द्र बनाउन आफूले सक्दो पहल गर्ने बताएका छन् ।
बिहीबार परिवारसहित प्रसिद्ध धार्मिक तथा पर्यटकीय केन्द्र देवघाटको भ्रमण गर्दै यस्तो कुरा बताएका हुन् । उनले भने,‘ देवघाट संरक्षण, निमार्यण र स्तरोन्नति, धार्मिक र पर्यटकीय विकासका लागि क कस्तो किसिमको सहयोग आवश्यक पर्छ त्यसलाई म सक्दो रुपमा गर्छु । म तपाईहरुको प्रतिनिधि हुँ यसको लागि मैले सकेको विकास गर्छु ।’
अध्यक्ष प्रचण्डले भ्रमणका क्रममा देवघाटका धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन गर्दै देवघाटधामका बटुकहरुसँग फोटो खिच्नुभयो, साथै व्यवस्थापन समितिका पदाधिकारीहरुसँग संक्षिप्त अन्तरक्रिया पनि गरेकाथिए ।
त्यसपछि देवघातका सबै भक्तजन, समितिका पदाधिकारी एवं पंडितहरु डंग भएका छन् । भरतपुर महानगरको परिषदलाई उद्घाटन गर्न चितवन पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्