आजबाट खुल्यो उन्नति माइक्रोफाइनान्सको आइपीओ

काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले आजदेखि साधारण सेयर आईपीओ निष्काशन गरेको छ । कम्पनीले एक करोड ६५ लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरको एक लाख ६५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिद्धार्थ क्यापिटले लि.ले लिएको छ । लगानीकर्ताले आईपीओमा ७५ जिल्लाबाटै आस्वामा सदस्य भएका सबै बैंक तथा वित्तीय संस्थाबाट पुस २५ गते मंगलबार बैकिङ्ग समय सम्ममा आस्वा तथा अनलाईन आस्वा प्रणाली मार्फत सर्वसाधारण सबैले आवेदन गर्न सक्नेछन् ।

यस भन्दा अघिका आईपीओमा न्यूनतम ५० कित्ताका लागि आवेदन गर्नुपर्ने व्यवस्था भएपनि यसमा भने लगानीकर्ताले १० कित्तादेखि अधिकतम ८२० कित्ता सेयरसम्म आवेदन गर्न पाउने व्यवस्था छ ।

१० कित्ता सेयर नै गोलाप्रथाबाट बाँड्नुपर्ने अवस्थामा न्यूनतम एक हजार रुपैयाँको आवेदन गर्न पाईने व्यवस्थाले आवेदन संख्या अझ बढ्नेछ ।
कम्पनीले निष्काशन गरेको कुल एक लाख ६५ हजार कित्तामध्ये चार प्रतिशत अर्थात ६ हजार ६०० कित्ता संस्थाका कर्मचारीलाई छुट्याइएको छ । पाँच प्रतिशत अर्थात आठ हजार २५० कित्ता ११ वटा सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ भने भने बाँकी एक लाख ५० हजार १५० कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।

३ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी भएको माइक्रोफाइनान्सको आइपिओ पश्चात चुक्ता पूँजी ५ करोड ५० लाख पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्