ललितपुरले पनि ल्यायो दुईवटा ब्रुमर सञ्चालनमा

काठमाडौं, साउन २४ । ललितपुर महानगरपालिकाले पनि दुईवटा ब्रुमर सञ्चालनमा ल्याएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शुक्रबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी ब्रुमर सञ्चालन सुरु गरेको जानकारी दिए ।

मेयर महर्जनले ललितपुरका मुख्य सहरी क्षेत्रलाई धुलोरहित बनाउने अभियान अन्तर्गत साउन १० गते खरिद गरिएको दुईवटा ब्रुमर सञ्चालन गरेको बताए । यस्तै महानगरपालिकाले दुईवटा पानी ट्यांकर पनि सञ्चालनमा ल्याएको छ ।

अत्याधुनिक प्रविधियुक्त भनिएका ती बु्रमर महानगरपालिकाको वातावरण विभागको निगरानीमा सञ्चालन गरिने महानगरपालिकाले बताएको छ । मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्वच्छ र सफा बनाउन हरियाली प्रवद्र्धनको कामलाई पनि जोड दिइएको स्पष्ट पारे ।
“इटालीमा उत्पादन भएको दुईवटा ब्रुमरको मूल्य ४ करोड ४८ लाख ११ हजार २ सय ८० रुपैयाँ रहेको छ ।

जेनटक प्राइभेट लिमिटेडबाट बोलपत्र आह्वान गरी खरिद गरिएको सो ब्रुमरको सोरुम ललितपुरमा पनि रहेकाले यसको मेन्टिनेन्समा समस्या हुँदैन,” मेयर महर्जनले विश्वास व्यक्त गरे ।

महानगरपालिकाले बुु्रमरसँगै सञ्चालनमा ल्याएको दुईवटा पानी ट्यांकर भने सिप्रदी ट्रेडिङ प्रालिबाट ६२ लाख ९० हजार रुपैँयामा खरिद गरेको हो । ठूला बु्रमर सञ्चालन नहुने स्थानहरुमा साना बु्रमरको प्रयोग गरी सफाइ अभियानलाई तीव्रता दिने पनि ललितपुर महानगरपालिकाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्