श्रमस्वीकृतिबिनै विदेश जान दिएको आरोपमा अध्यागमनका अधिकृत पक्राउ

काठमाडौं, साउन २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले श्रमस्वीकृति नै नभएकालाई दुबई, कतार पठाएको आरोपमा अध्यागमन विभागका एक अधिकृतलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अध्यागमन अधिकृत कमल प्रसाद पराजुली छन् ।

पक्राउ पर्नेमा अध्यागमन अधिकृत कमल प्रसाद पराजुली छन् ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार पराजुलीसहितको मिलेमतोमा वैदेशिक रोजगारको सिलसिलामा श्रमस्वीकृति नलिई दुबई तथा कतारमा ट्रान्जिट भई विभिन्न अन्य मुलुकहरूमा जाने व्यक्तिहरूलाई प्रस्थान अनुमति दिइएको पाइएको छ ।

यस्तै अभिलेख समेत अभिलेखवद्ध नरहने गरी डिपार्चर स्टाम्प लगाइदिने गैरकानुनी क्रियाकलाप गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्