पार्टी एकताका विषयमा एमाले र नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा

काठमाडौं । पार्टी एकताका विषयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आज आन्तरिक छलफल गर्दैछन् । आज आन्तरिक छलफल गरेपछि भोलि दुई अध्यक्षबीच छलफल हुने नेताहरुले बताएका छन् ।

एमाले उपमहासचिव विष्णु पौडेलले दुवै दल आन्तरिक छलफलमा रहेको र आजपनि छलफल हुने बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवनबाट शनिबार फर्केप्छि दुई अध्यक्षबीच छलफल हुने उनले जानकारी दिए।

पार्टी एकता र राजनीतिक वस्तुस्थितिबारे अन्तरसंवाद भइरहेको र एकतामा कुनै समस्या नरहेको पौडेलको दावी छ । हिजो दुवै अध्यक्षबीच लामो टेलिफोन संवाद भएको उनले जानकारी दिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शनिबार दिउँसो काठमाडौँ फर्किने कार्यतालिका रहेको छ । एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार भए दुवै नेताबीच अध्यक्ष प्रचण्ड फर्केलगत्तै भेटवार्ता हुनेछ । हिजो एमाले नेताहरुले अध्यक्ष ओली निवास बालकोटमा दुई चरण छलफल गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्