विभागले आजदेखि पुनः ग्याँस उद्योगमा अनुगमन गर्दै

काठमाडौं । गुणस्तर तथा नापतौल विभागले आजदेखि पुनः ग्याँस उद्योगमा अनुगमन गर्ने भएको छ । विभागले सरकारले दिएको निर्धारित मापदण्ड पुरा नगर्ने ग्याँस उद्योगलाई कारवाही प्रक्रिया अगाडी बढाउने गरि अनुगमन गर्न लागेको हो ।

नेपाल गुणस्तर ५३३ अन्तरगत स्टान्डर्ड अफ एलपीजी वोटलिङ अपरेशन मापदण्ड पुरा नगर्ने ग्याँस उद्योगलाई कारवाही गर्ने तयारी भएको गुणस्तर तथा नापतौल विभागले जनाएको छ । उद्योगीले पापदण्ड अनुसारको एनएस गुणस्तर प्रमाणपत्र लिन अटेरी गरेकोले कारवाही गर्न लागीएको गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्ववावु पुडासैनीले जानकारी दिनुभएको छ ।

विभागका अनुसार नेपालमा संचालित ९५ प्रतिशत ग्याँस उद्योगका वोटलिङ प्लान असुरक्षित रहेका छन ।

प्रतिक्रिया दिनुहोस्