हिमानी ट्रष्टले ‘दैवी उद्दार कोष’ स्थापना गर्ने

काठमाडौँ, साउन १९ । आफ्नो स्थापना कालदेखि नै सामाजिक कार्यमा सक्रिय हुँदै आइरहेको पूर्व युवराज्ञी हिमानी शाहको नाममा स्थापित हिमानी कोषले ‘दैवी उद्धार कोष’ स्थापना गर्ने भएको छ ।

पूव राजा ज्ञानेन्द्र शाहको पुस्तक ‘संन्देश संग्रह’को विक्रिबाट प्राप्त रकम हिमानी कोषमा जम्मा गरिने भएको छ। शाहले ‘सन्देश संग्रह’का पाँच सयप्रति कोषलाई उपलब्ध गराउने भएका छन्।

विभिन्न दैवी प्रकोपहरुमा कोषको मात्र नभएर सम्पूर्ण नेपालीहरुको समेत उत्तिकै सहयोग र सद्भावको आवश्यक्ता भएको भन्दै कोषले सहयोगको अपिल समेत गरेको छ।

कोषले विभिन्न समयमा विपद् व्यवस्थापनका लागि सहयोग गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्