कर वृद्धि गरेको भन्दै उद्योगीले गरे सरकारको चर्काे आलोचना
काठमाडौँ, साउन १९ । कर वृद्धि गरेको भन्दै उद्योगीले सरकारकाृ चर्को आलोचना गरेका छन् ।
सरकारले कर एकैपटक चार गुणा बढि हुने गरी वृद्धि गरेको उल्लेख गर्दै उद्योगी व्यवसायीहरले सरकारको आलोचना गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोरले चालू आर्थिक वर्षबाट सरकारले कर एकैपटक चार गुणा बढि हुने गरी वृद्धि गरेको भन्दै सरकारको आलोचना गर्न बाध्य भएका बताए ।
आइतबारबाट ललितपुरमा सूरु भएको व्यवस्थापन गोष्ठीमा बोल्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले स्थानीय तहमा समेत गरी दोहोरो करमा मारमा पार्ने काम नगर्न सरकारको गम्भिर ध्यानाकर्षण पनि गराए ।
उनले करको दायरा बढाउने अभियानमा भने सरकारलाई साथ दिने प्रतिवद्धता पनि व्यक्त गरे । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोरले कर मैत्री वातावरण बनाउन सरकारसँग माग गरे ।
उनले व्यवसायीहरुलाई हतोत्साही हुने गरी करको व्यवस्था सरकारले गर्न नहुने पनि स्पष्ट पारे । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले सरकारले चालू आर्थिक वर्षबाट कर वृद्धि गरेर व्यवसायीहरुलाई मारमा पारेको भन्दै तत्काल हटाउन माग गरे ।
उनले व्यवसायका लागि चर्को व्याजदरका कारण मुलुकको उद्योगधन्दा फष्टाउने अवस्था नरहेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।
उपाध्यक्ष प्रधानले करको दायरा बढाउने कार्यमा भने महासंघले सरकारलाई सक्दो सहयोग गर्ने पनि बताए ।
पछिल्लो समय सरकारले जनताको ढाड नै सेक्ने गरि कर लगाएको छ । यसको बेला बेलामा आलोचाना हुदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्