गुडिरहेकै गाडीबाट १७ लाखको सामान चोर्ने ४ जना पक्राउ
काठमाडौं, साउन १७ । गुडिरहेकै गाडीबाट १७ लाख बराबरको सामान चोर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वर्ल्डलिंंक कम्युनिकेशनको विभिन्न कार्यालयका लागि ल्याइएको १७ लाख बराबरको इन्टरनेटसम्बन्धी सामग्री चोरी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नागार्जुन नगरपालिका ४ का २४ वर्षीय अमित तुलाधर, २१ वर्षीय अव्य तुलाधर, ३३ वर्षीय हरिकृष्ण तिवारी तथा जुम्लाको सिंजा धाफा ३ घर भएर हाल काठमाण्डौ सीतापाइला बस्ने २५ वर्षीय हरि शर्मा रहेका छन् ।
चितवन, हेटौंडा र बुटवललगायतका वर्ल्डलिंंकका शाखा कार्यालयमा पठाउने क्रममा उनीहरुले गएको साउन ८ गते शंखमूलबाट ती सामानहरु लोड गरिएको गाडीबाट चोरी गरेका थिए । महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले विभिन्न ठाउँबाट बिहीबार चोरी गरिएका सामानसहित उनीहरुलापक्राई गरेको हो ।
पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौमा राखिएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्