प्रदेश राजधानी तोकेको सूचना दिएपछि प्रधानमन्त्री कार्यालयका प्रवक्ता फेरिए
काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता सहसचिव हरिप्रसाद पन्थीलाई हटाएको छ ।
उनको ठाउँमा शासकीय सुधार महाशाखाका उपसचिव डिल्लीराम शर्मालाई लगिएको छ ।
२ दिनअघि पन्थीको हवाला दिदैं विभिन्न सञ्चारमाध्यमले सातै प्रदेशको अस्थायी मुकाम तोकिएको जनाएका थिए ।
उनी प्रधानमन्त्री कार्यालयमा रहेर संघीयता कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्