अल्पाइन र सेती फाइनान्सलाई प्राप्ती गरेको सेञ्चुरी बैंकको शेयर सूचीकृत

काठमाडौं । सेञ्चुरी कर्मर्सियल बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई आफूमा समाहित गर्दै यहि मंसिर २४ देखि एकीकृत कारोबार सुरु गर्दैछ । यी तीन कम्पनीलाई राष्ट्र बैंकले मंसिर ४ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले मंसिर ११ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको हो ।

एकीकृत कारोबार सेञ्चुरी बैंकको नामबाट संचालन भएको छ । सेञ्चुरी बैंकको प्रधान कार्यालय रहेको पुतलिसडक बाटै सञ्चालन हुने जनाइएको छ । अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्ती पश्चात नेप्सेमा आज (पौष २० गते ) सेञ्चुरी कर्मर्सियल बैंकको ५१ लाख ६३ हजार ९ सय ४२ दशमलव ५ कित्ताको शेयर सूचीकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्