काठमाडौंमा सर्पदंशसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु


काठमाण्डौ, साउन १७ । नेपालमा बढ्दै भएको सर्पदंशको बारेमा छलफल गर्न काठमाडौमा अन्तराष्ट्रिय सम्मेलन सुरु हुँदैछ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयको आयोजनामा सम्मेलन राष्ट्रपति भवन शितल निवासमा हुन लागेको हो । केहीबेरमा सुरु हुने सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ ।

स्वदेशी तथा विदेशी विज्ञको सहभागिता रहने सम्मेलनमा नेपालमा सर्पको टोकाइबाट हुने मृत्युदरलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ ।

नेपाल लगायत दक्षिण एसियाका कतिपय देशमा सर्पदंश जटिल जनस्वास्थ्यका रुपमा देखिँदै आएको छ ।

नेपालमा विषेशगरी तराई तथा गर्मी ठाउँमा सर्पको टोकाइबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । सम्मेलन शनिबारसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्