आयोगले समानुपातिक सूचि सच्याउन दिएको समय आज सकिदैँ

काठमाडौ, । निर्वाचन अयोगले प्रदेशसभा समानुपातिकतर्फ उम्मेदवारको क्रम नमिलाएका दललाई सच्याउन दिएको ३ दिनको समय आज सकिदैँ छ ।

समानुपातिक सिट पाएका १३ मध्ये ६ दलको उम्मेदवार छनोट नमिलेको भन्दै अयोगले सच्याउन ३ दिनको समय दिएको थियो ।

उम्मेदवारको क्रमसंख्या नमिलाई पठाएको, एउटा समुदायको कोटामा अर्को समुदायको व्यक्ति पठाएको पाइएकोले दलहरूलाई सच्याउन आयोगले दलहरुलाई पत्राचार गरेको थियो ।

कांग्रेस, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी, राप्रपा, जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले क्लस्टर नमिलाएर उम्मेदवारको सूची पठाएका मध्ये कांग्रेसले समानुपातिक उम्मेदवारको त्रुटिपूर्ण सूचि सच्याएर हिजो नै निर्वाचन आयोेगमा बुझाएको आयोगको प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए ।

अन्य दलहरुलेपनि आयोगले दिएको समय आज सकिने भएपछि सूचि सच्याएर आज साझँसम्म बुझाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्