भोजपुर र गोरखामा पनि एनसेलको टावरमा आगजनी, अवस्था यस्तो छ
काठमाडौं, साउन ११ । भोजपुर र गोरखामा पनि एनसेलको टावरमा आगजनी भएको छ ।
भोजपुरको रामप्रसाद राई गाउँपालिका –१ मा रहेको एनसेलको टावरमा आगजनी भएको हो ।
एनसेलको टावरमा रहेको ५ वटा सोलार प्यानल तोडफोड गर्नुका साथै एक थान इन्जिनसमेत जलाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले बताए ।
आगो कसले र किन लगायो भन्नेबारे केही जानकारी आएको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, यता गोरखाको पालुङटार नगरपालिका–८ धुवाँकोटमा रहेको एनसेल टावरमा पनि आगजनी भएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बुधबार राति ११ बजे तिर आगजनी भएको हो । आगजनीमा संलग्नको खोजी भइरहेको प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस्