ट्रम्पको आरोप पूर्व सल्लाहकार बेननले जागिरसँगै होस पनि गुमाए

एजेन्सी  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्व सल्लाहकार तथा सहयोगी स्टिभ बेनन्ले जागिरसँगै होस पनि गुमाएको आरोप लगाएका छन् ।

बेनन्ले अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपका बारेमा पत्रकार माइकल बुल्फको कितावमा उल्लेख गरेका कुरालाई लिएर राष्ट्रपति ट्रम्प आक्रोसित बनेका हुन् ।

बेनन्ले हिलारी क्लिन्टनका बारेमा डोनाल्ड ट्रम्पका छोरालाई रुसी अधिकारीले सन् २०१६ को जुनमा भएको भेटमा जानकारी दिएको बताएका थिए ।रुसी अधिकारीसँगको ट्रम्प जुनियरको भेट गैरकानुनी रहेको बेनन्ले पुस्तकमा बताएका थिए ।

ट्रम्पले वक्तव्य जारी गरेर बेनन्को आरोपको खण्डन गर्दै बेनन र आफ्नो राष्ट्रपति चुनावमा उम्मेदवारीबीच कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् ।

प्रमुख रणनीतिक सल्लाहकारको रुपमा रहेका बेननलाई राष्ट्रपति ट्रम्पले गएको अगस्टमा बर्खास्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्