पर्यटनमन्त्रीमा योगेश भट्टराई नियुक्त , ४ बजे सपथग्रहण
काठमाडौं, साउन १५ । सत्तारुढ नेकपाका नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् ।
नेकपा नेता योगेश भट्टराईलाई मन्त्रीमण्डलमा सहभागी गराइने भएको छ।
उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइने भएको स्रोतले बताएकोछ । बुधबार दिउँसो ४ बजे सपथग्रहण कार्यक्रम राखिएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले नाम नखुलाई ट्विटरमा संकेत गरेका छन्।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा गत फागुन १५ गते मृत्यु भएपछि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हालिरहेका थिए।
अधिकारीको मृत्यु भएको ठिक ५ महिनापछि उक्त मन्त्रालयले नयाँ मन्त्री पाएको हो।
प्रतिक्रिया दिनुहोस्