वडा कार्यालयमा अज्ञात समुहद्वारा आगजनी ,कागजपत्र र फर्निचर जलेर कामै नलाग्ने भए
काठमाडौं, साउन १५ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट कार्यालयका सम्पूर्ण कागजपत्र र फर्निचर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
बुधबार बिहान साढे तीन बजेदेखि चार बजेको बीचमा आगजनी भएको भएको हो भने आगो लागेको जानकारी पाएलगत्तै स्थानीय आगो निभाउन खटिएका थिए ।
स्थानीयले आगो निभाइसकेपछि प्रहरी घटनास्थल पुगेको थियो । बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोली घटनास्थल पुगेर निरीक्षण गरेका थिए । उनीहरुले नै जलेका सामानबाहिर निकालेका थिए ।
आगो निभाइसकेपछि प्रहरी घटनास्थल पुगेको थियो । बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोली घटनास्थल पुगेर निरीक्षण गरेका थिए । उनीहरुले नै जलेका सामानबाहिर निकालेका थिए ।
वडाअध्यक्ष भक्तबहादुर खड्काका अनुसार एउटा हल र दुई कोठा भएको भवनभित्रका सबै सामान कामै नलाग्ने गरी जलेका छन् ।
बिहान साढे पाँच बजेतिर आगो लागेको भनेर स्थानीयले खबर गरेपछि आफू घटनास्थलमा पुगेको बताउँदै उनले भने, ‘फर्निचर त फेरि किन्न सकिएला, तर अभिलेखहरु अब कहाँ पाउनु ?’
करिब २० लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन बनाइएको थियो । भवनभित्र दराज, सोफा, कम्प्युटर, प्रिन्टर, कागजपत्र लगायतका सामान थिए । ती सबै सामान जल्दा जस्ताको छानोसमेत कच्याक कुचुक भएर काम नलाग्ने भएको छ ।
वडाअध्यक्ष खड्काले यसअघि कसैको धम्की, चेतावनी पनि नआएको र कसले आगो लगायो भन्ने थाहा नभएको बताए ।
मेलम्ची प्रहरी कार्यालयका इन्सपेक्टर महेन्द्र दर्नालले बिहान ६ बजेतिर आफूले घटनाबारे जानकारी पाएको अनुसन्धान गरिरहेको बताए । अहिलेसम्म आगजनी गर्ने व्यक्ति वा समूह पत्ता लाग्न सकेको छैन यस बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्