बालुवाटारमा सर्वदलीय बैठक सुरु

काठमाडौं ।बालुवाटारमा संर्वदलीय बैठक सुरु भएको छ । दोस्रोपटक आह्वान गरिएको बैठक बिहान नौ बजे तय गरिएपनि दशबजेबाट सुरु गरिएको हो ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठक प्रतिनिधिसभा निर्वाचनबाट पाँच पार्टीका शीर्ष नेतृत्वहरु बैठकमा उपस्थित भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार बैठकले प्रदेश मुकाम र प्रदेश प्रमुखबारे निचोडमा पुग्ने छ । त्यस्तै बैठकमा राष्ट्रियसभा निर्वाचन र नयाँ सरकार गठनका विषयमापनि छलफल हुने बताइएको छ । बैठकमा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका शीर्ष नेतृत्वहरु सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्