साउने सोमबार शिवको महिमा, यस्तो देखियो तस्बिरमा
मनोरथ नेपाल, काठमाडौं, १३ श्रावण । हिन्दु धर्मावलम्बीहरुले श्रावण महिनालाई बिशेष महिना मान्छन् । त्यहि श्रावण महिनाको पनि सोमबारको महत्व छुट्टै हुन्छ । यस बर्ष भने श्रावण महिनामा जम्मा ४ वटा मात्रै सोमबार परेको छ । ५ वटा सोमबार पर्दा अझै यसको महत्व बढि हुन्छ । काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेव, ललितपुरको कुम्भेश्वर र चितवनको देवघाट लगायत अधिराज्यभरका शिवालयहरुमा भक्तजनको भिड देख्न सकिन्छ ।
पशुपतिनाथ मन्दिरमा सोमबार राती ३ बजेदेखी नै चारै वटा ढोका खोलिएको थियो । भक्तजनको अत्याधिक भिडभाड हुने भएकोले क्रमैसँग लाइन बसेर पशुपती दर्शन गर्न पाइने पशुपती क्षेत्र बिकास कोषले जनाएको छ । कोषले सुरक्षा व्यवस्थालाई ध्यान दिंदै सुरक्षाकर्मी खटाइएको छ । यस महिना भगवान शिवको बिशेष पूजा-आजा गर्ने महिना रहेकोले बिहान स्नान गरी नजिकै रहेको शिवालयमा गइ बेलपत्र/ जल चढाउने पूजा अर्चना गर्नाले अटल सौभाग्य रहने धार्मिक विश्वाश रहेको छ ।
श्रावणमा चोखो खाएर ब्रत बस्नाले विवाहित महिलाले श्रीमानको दिर्घ जीवनको कामना र अविवाहित महिलाले भने असल वर पाइयोस भनी कामना गरिन्छ । हरिया, राता, पहेंलालगायत विभिन्न रंगिविरंगी पहिरनमा सजिएका महिला भक्तजनहरुले वभिन्न शिवालयहरु भरिभराउ छन् । तस्बिरमा सोमबारे ब्रतमा महिला मात्र नभई पुरुष पनि शिवको आरधाना गरिएको देखिन्छ । शिवलाई देवताको पनि देवता मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्