बालुवाटार जग्गा प्रकरणमा मुछिएका श्रेष्ठको सपिङ मलबाट खसेर मृत्यु
काठमाडौं, साउन १२ । बालुवाटार जग्गा प्रकरणमा मुछिएका युक्तप्रसाद श्रेष्ठको सपिङ मलबाट खसेर मृत्यु भएको छ ।
बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका कांग्रेसका पर्वत जिल्ला सचिव श्रेष्ठले बालाजुको माछापोखरीस्थित सपिङ मलबाट हामफालेर आत्महत्या गरेका छन् । उनले दिउँसो एक बजेतिर आत्महत्या गरेको बताइएको छ ।
उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । शवको बुधबार पोष्टमार्टम गर्ने परिवारले जनाएको छ । थप विवरण आउन भने बाकि नै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्