६५ अर्ब रुपैयाँ तिर्न पुनः एनसेललाई ताकेता

काठमाडौं । सरकारले एनसेलको स्वामित्व बिक्री गरेर बाहिरिएको स्विडिस कम्पनी टेलिया (साबिकको टेलियासेनेरा) लाई पुँजीगत लाभकरबापत ६५ अर्ब रुपैयाँ तिर्न पुनः ताकेता गरेको छ ।

बुधबार सार्वजनिक सूचना जारी गर्दै ठूला करदाता कार्यालयले एनसेलको स्वामित्व बिक्री गर्दा नेपाल सरकारलाई बुझाउनुपर्ने पुँजीगत लाभकर, बेलैकमा कर नतिरेका कारण थपिएको जरिवाना र ब्याजसहित ६५ अर्ब ४० करोड रुपैयाँ तिर्न भनेको छ ।

एनसेलले स्वामित्व लिएको मलेसियन कम्पनी आजियाटाले आफ्नो तर्फबाट तिर्नुपर्ने कर बुझाइसकेको यसअघि उसले पुँजीगत लाभकर बापत २३ अर्ब ६० करोड रुपैयाँ ठूलो करखदाता कार्यालयमा दाखिला गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्