सपथ ग्रहण नहुदा सांसद जिल्ला फर्किदै

काठमाडौं–  प्रतिनिधिसभाको बैठक बस्ने बिषयको टुंगो नभएपनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर काठमाडौं आएका दैलेख क्षेत्र नम्बर २ का सांसद राजबहादुर बुढा घर फर्कने तरखरमा छन् । उनी चुनाव जितेपछि किनै उत्साहित भएर एक साताअघि काठमाडौं आएका थिए ।

उनले भने, प्रतिनिधिसभाको बैठक कस्ने दिन अन्यौल भएपछि गाउँ फर्कने सोचाइमा छु । अब एक महिनासम्म जिल्लामा बसिन्छ होला । दोलखाबाट निर्वाचित एमाले संसद पार्वत गुरुङले पनि एकदुई दिनमा जिल्ला फर्कने बताए काठमाडौं आएको चार दिन नबित्दै उनी जिल्ला फर्कन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्