एसबिआई बैंकको २४औँ वार्षिक साधारणसभा सम्पन्न, संचालकमा श्रेष्ठ निर्वाचित

काठमाडौं । नेपाल एसबिआई बैंककको २४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बुधबार काठमाडौंमा सम्पन्न भएको २४औँ वार्षीक साधारण सभाले संचालकमा बालकृष्ण श्रेष्ठ निर्विरोध निर्वाचित गरेको छ ।
सभाले बैंकको आ.व. २०७३/७४ को संचालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान बाँडफाँड हिसाव लगायतका वार्षिक आर्थिक विवरण पारित गरेको छ। । बैंकले आ.व. २०७३/७४ मा रु. २३३.९९ करोड संचालन मुनाफा र रु. १५२.३२ करोड खुद मुनाफा हासिल गरेको छ ।
सभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीमा १५.४२ प्रतिशतका दरले वोनश शेयर र ०.८१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
उक्त साधारणसभाले सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितीमा प्रतिनिधित्व गर्ने संचालकमा बालकृष्ण श्रेष्ठलाई निर्विरोध चयन गरेको छ ।
साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७३÷०७४ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्