नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी भण्डारीलाई

काठमाडौं । नेपाली सेनाको सैनिक  जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक तथा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी गोकुल भण्डारीलाई जिम्मेवारी हस्तान्तण गरिएको छ ।

आज सहायक रथी नैनराज दाहालले निर्देशनालयमा आयोजित एक कार्यक्रमकाबीच सहायक रथी भण्डारीलाई कार्यभार हस्तान्तरण गरिएको हो ।

सहायक रथी नैनराज दाहालले करिव ३ महिना जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा सञ्चार जगतका सबै मिडिया हाउस, प्रकाशक, सम्पादक तथा सम्बद्ध पत्रकारहरुबाट प्राप्त सद्भाव, शुभेच्छा र सहयोगका लागि आभार प्रकट समेत गर्नु भएको छ ।

सहायक रथी भण्डारीले नेपाली सेना र पत्रकार जगतबीचको सम्बन्ध थप प्रगाढ र सुमधुर बनाउँदै लैजान सञ्चार जगतको अझ बढी सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्