शीर्ष नेताहरुसंग भेटघाट गर्नमै ब्यस्त प्रधानमन्त्रीः यस्तो छ आजको कार्यतालिका !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्ति र राष्ट्रियसभा निर्वाचनको मिति तय लगाएतका विषयमा सहमति जुटाउन राजनितीक परामर्शलाई तीव्रता दिएका छन्।

हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग भेटघाट गरेका देउवाले आज एमाले अध्यक्ष केपी शर्मा ओली लगाएत राजपा, संघिय समाजवादी फोरम लगाएतका पार्टीका शीर्ष नेताहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

प्रमुख दलका नेताहरुसंग सहमति जुटन सके प्रधानमन्त्रीले भोली सर्वदलिय वैठक बोलाउने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रदेश प्रमुखको नियुक्ति नहुदा राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन मण्डल बन्न नसक्ने भएकाले प्रधानमन्त्री देउवाले सहमतिको खोजी गरेका हुन्।

सहमति जुटेमा भोलीसम्ममा यसअघि हिजो प्रस्ताव गरिएका प्रदेश राजधानी स्थल र राष्ट्रिय सभाको मिति भोलीनै तोक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्