रोजगारीको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरेका ११ जनाको मोरङबाट उद्दार, ३ जना पक्राउ

काठमाडौं, साउन ३ । भारततर्फ लैजाँदै गरेका ११ जनाको मोरङबाट उद्दार गरिएको छ । रोजगारीको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरेको अवस्थामा मोरङबाट ११ जनाको उद्धार गरिएको हो ।

जिल्लाको उर्लाबारी नगरपालिका–४ बस्ने २६ वर्षीय करन लिम्बुसहित ११ जनालाई बिहीबार राति प्रहरीले उद्दार गरेको हो ।

उनीहरुलाई भारततर्फ लैजाने मोरङ उर्लाबारी नगरपालिका–४ बस्ने ४८ वर्षीय फुर्का उराम, ४५ वर्षीया फुल कुमारी उराम र सुनसरी हरिनग्रा गाउँपालिका–७ बस्ने ४० वर्षीय हफिज अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्