सञ्चार माध्यममा विदेशी लगानी स्वीकार गर्नै सकिदैनः मन्त्री बाँस्कोटा
जागरण न्युज
काठमाडौं, ३० असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सञ्चार माध्यममा विदेशी लगानी कुनैपनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।
सोमबार काठमाडौंमा सञ्चार उद्यमीहरूसँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले एउटै सञ्चार माध्यमलाई रेडियो, टिभी र एफएमहरूमा लगानी गर्न नदिने चेतावनी पनि दिए ।
उनले सञ्चार माध्यमहरूलाई आतंकवादी गतिविधिलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न सचेत समेत गराए । केही दिनयता हिंसालाई प्रश्रय दिने खालका समाचार केही सञ्चार माध्यमबाट आउन थालेकोमा मन्त्री बाँस्कोटाले त्यसप्रति आपत्ति समेत जनाएका छन् ।
मन्त्री बाँस्कोटाले श्रमजीवी पत्रकारहरूलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चार माध्यमलाई कारबाही हुने पनि बताए । उनले सञ्चार माध्यमहरूको नियमन गर्न सरकार प्रतिवद्ध भएर लागिपरेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्