स्वावलम्बनको ३ लाख ७७ हजार कित्ता सेयर मंगलबारदेखि लिलामीमा

जागरण न्युज
काठमाडौं, ३० असार । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ३ लाख ७७ हजार ४५७.५ कित्ता संस्थापक सेयर मंगलबार (असार ३१ गते) देखि लिलामीमा लेराउने भएको छ ।

महिला सहकारी संस्था लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सेयर लिलामी गर्न लागेको हो । यसमा स्वावलम्बनका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति तथा संस्थाले पनि आवेदन दिन सक्नेछन ।

न्यूनतम प्रतिसेयर मूल्य रु. ३०० वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन । लिलामीमा साउन २९ गतेसम्म अपरान्ह ३ बजेसम्म बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी, काठमाडौंमा पुग्ने गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्