अविरल वर्षाका कारण जनकपुर–जयनगर रेल्वे लिक टुट्यो
काडमाडौं, असार २९ । अविरल वर्षाका कारण जनकपुर–जयनगर रेल्वेको लिक टुटेको छ ।
धनुषाको जनकनन्दनी गाउँपालिका स्थित इनरुवामा रहेको रेल्वे लिकमाथि ५ फिटसम्म पानी जमेपछि सो रेल्वेको लिक टुटेको रेल्वे विभाग जनकपुरधामका साइट इन्जिनीयर बिनोद प्रसाद ओझाले जानकारी दिएका छन ।
रेल्वेको करिब ६० देखि ७० मिटर सम्मको लिक टुटेको अनुगमनमा गएका प्राविधिकहरुले जनाएका छन् । इन्जिनियर ओझाका अनुसार सो स्थानमा अहिलेसम्म पनि पानी जमेको छ ।
जयनगरदेखि बर्दिबाससम्म ६९ किमी रेलमार्गमा आठ स्टेशन र छ हल्ट गरी १४ विश्रामस्थल तोकिएको छ ।
विभागको साइट कार्यालय जनकपुरका अनुसार जयनगर, खजुरी, इनरुवा, खजुरी, वैदेही, कुर्था, महोत्तरीको खुट्टापिराडी र बर्दिबास गरी आठ स्टेशन छन् ।
जनकनन्दनी गाउँपालिकामा करिब २ हजार घर परिवार विस्थापित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्