माछापुच्छ्रे बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्दैै
काठमाडौं, २९ असार । माछापुच्छ्रे बैंकले साउन ६ गतेदेखि तीन अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्दै छन् ।
बैंकले तीन अर्बको ४० प्रतिशत सर्व साधारणको लागि पहिलो चरणमा साउन ९ गतेसम्म निष्कासन गर्ने छ । यदि पहिलो चरणमा बिक्री नभएमा ढिलोमा भदौ तीन गतेसम्ममा बिक्री गर्ने धितोपत्र निष्कासत तथा बिक्री प्रवन्धक कम्पनी एनएमबी क्यापिटलले जनाएको छ ।
बैंकले प्रति ऋणपत्र एक हजार रुपैयाँको दरमा सर्वसाधारणको लागि १२ लाख कित्ता निष्कासन गर्ने छ । सर्व साधारणतर्फको ६० हजार कित्ता सामुहिक लगानीकोषहरुका लागि छुट्याइएकोमा ३० हजार कित्ता मात्रै खरिद गरेका छन्। बैंकले १०.२५ प्रतिशत व्याजदरमा ‘माछापुच्छ्रे डिबेन्चर २०८५’निष्कासन गर्ने भएको हो ।
सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम ११ लाख ७० हजार कित्ताको लागि आवदेन दिन पाउने छन्। आवेदनको लागि आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र मेरो शेयरबाट अनलाइन आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्कासनका लागि इक्रा नेपालले गरेको क्रेडिट रेटिङ अनुसार अनुसार बैंकले प्रयाप्त मात्रामा सुरक्षित जनाउने ‘इक्रा एनपि आइआर ए माइनस’ प्राप्त गरेको छ । १९ वर्षदेखि वित्तीय कारोबार गर्दै आएको माछापुच्छ्रेको शाखा कार्यालय १०० वटा रहेका छन् । बैंकको पुँजीकरणको अवस्था राम्रो रहेकोले ऋणपत्र पनि सुरक्षित रहने छ ।
सबैभन्दा धेरै निक्षेप संकलन गर्ने २० जनाको हिस्सा २३ प्रतिशत र सबैभन्दा धेरै ऋण लगानी भएका २० जनाको हिस्सा २२ प्रतिशत रहेको छ।
बैंकको क्रेडिट पोर्टफेलियो विगत पाँच वर्षको अवधिमा २४ प्रतिशतले बढेको छ। विगत तीन चार वर्षको अवधिमा बैंकको खुद व्याज आम्दानीको अन्तरले गर्दा नाफा बढाउन मद्द्त गरेको छ। विगत तीन चार वर्षको अवधिमा बैंकले खुद व्याज आम्दानीमा हुने अन्तर ३.५ प्रतिशत भन्दा माथि रहेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्