इन्जिनियरसहितको प्राविधिक टोली बाढीमा फसे : उद्धार गरी भारतको जयनगर पुर्याउने प्रयास

काठमाडौं, असार २८ । सातजनाको प्राविधिक टोली बाढीको घेरामा थुनिएका छन् । हुलाकी राजमार्ग अनुगमन गर्दै कमला नदी छेउ पुगेका इन्जिनियर यमुना यादवसहित सातजनाको प्राविधिक टोली बाढीको घेरामा थुनिएको हो ।

कमला नदीको पुल नजिक पुगेका उनीहरूलाई बाँध भत्काएर गाउँ पसेको बाढीले घेरामा पारेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए।

उनीहरुलाई उद्धारका लागि इटहरीबाट दुईपटक हेलिकोप्टर उडान भए पनि प्रतिकूल मौसमका कारण सफल नभएको उनले बताए।


अहिले सशस्त्र प्रहरीको उद्धार टोलीले मोटरबोटसहित उनीहरुलाई उद्धार गरी भारतको जयनगर पु(याउने गरी प्रयास थालिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्