अब वैदेशिक रोजगारीमा जान कामदारले सीपमूलक तालिम अनिवार्य लिनुपर्ने
काठमाडौँ , असार २८ । वैदेशिक रोजगारीमा जान कामदारले अनिवार्य रुपमा सीपमूलक तालिम लिनुपर्ने भएको छ ।
वैदेशिक रोजगारीलाई प्रतिफलमुखी बनाउन सरकारले अनिवार्य तालिम लिनुपर्ने व्यवस्था गर्न लागेको हो ।
वैदेशिक रोजगारीमा जाने कामदारमध्ये झण्डै ७५ प्रतिशत अदक्ष छन् ।
कामदारको संख्या उच्च भएपनि उनीहरुको पारिश्रमिक न्यून हुँदा रेमिट्यान्समा समेत कमी आउँछ ।
औसतमा एक कामदारले ३० हजार रेमिट्यान्स पठाउने गरेको देखाएको छ ।
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका दक्षता बृद्धि गरेर पठाउने तयारी गरेको हो ।
सीप सिकेर जाँदा उनीहरुको औसत कमाइ दोब्बर हुन्छ ।
प्रतिक्रिया दिनुहोस्