काठमाडौंका खोला नजिकका बासिन्दालाइ उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं , असार २७ । लगातार वर्षा तथा बाढीका कारण काठमाडौंका विभिन्न क्षेत्र डुवानमा परेका छन् ।

लगातारको वर्षाका कारण काठमाडौंमै शुक्रबार ३ जनाको मृत्यु पनि भइसकेको छ भने बिभिन्न क्षेत्र डुवानमा परेका छन् ।

कतियलाई डुवान भएको क्षेत्रबाट अन्यन्त्र सारिएको छ ।
यसैबचि काठमाडौंका खोला नजिकका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बिहीबार रातिदेखि लगातार परेको पानीले खोलामा पानीको बहाव उच्च भएपछि बाढी पूर्वानुमान विभागले उच्च सतर्कता अपनाउन सूचना जारी गरेको हो ।

नेपाल बाढी सूचनामार्फत यहाँका बागमती, विष्णुमती बल्खु खोला, नख्खु, हनुमन्ते, मोहना, धोबी खोला आसपास र होचो ठाउँका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्