भारतसँग समन्वय गरी सीमा क्षेत्रमा रहेका बाँध खुलाउने काम भैरहेको छ: प्रधानमन्त्री
काठमाण्डौ, असार २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्लाही स्थित भारतसँगको सीमा क्षेत्रमा दुई देशबीच समन्वय गरी नदीको बहाव खुलाउने काम भइरहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले बाढी पहिरोबाट पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतक परिवारप्रति समवेदना पनि प्रकट गरेका छन् ।
लगातारको झरीका कारण आएको बाढी पहिरोले अहिलेसम्म ११ जनाको ज्यान गएको छ भने ४ सयभन्दा बढी घरमा क्षति र्पुयाएको छ ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै राहत र उद्धारका तदारुकताका साथ गर्न आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको पनि उल्लेख गरेका छन् ।
यस्तै पूर्व सूचना प्रणालीलाई अझ बढी प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय रहेको भन्दै पनि उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्