हिमालय एयरलाइन्सले काठमाडौं-ढाका उडान सुरु गर्दै , हप्तामा कति दिन ?

काठमाडौं, असार २६ । निजी हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले काठमाडौंबाट बंगलादेशको ढाका सिधा उडान गर्ने भएको छ ।

एयरलाइन्सले साउन ६ गतेदेखि ढाका उडान गर्ने घोषणा गरेको हो।
एयरलाइन्सले १ सय ५० इकोनोमी क्लास र ८ वटा प्रिमियम इकनोमी क्लासको सिट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ विमानमार्फत ढाका उडान सञ्चालन गर्न लागको हो।

हिमालयसँग एयरबस विमान ३ वटा छन्।

व्यावसायिक तथा घुमघाम प्रयोजनका लागि बांगलादेश जाने दुवै प्रकृतिका यात्रुहरुका लागि नयाँ उडान तालिका सार्वजनिक गरिएको एयरलाइन्सले जनाएको छ।

एयरलाइन्सले हप्ताको तीन दिन उडान भर्ने जानकारी दिइएको छ। सोमबार, बुधबार र शनिबार उडान गर्ने तयारी कम्पनीको छ।

दुईतर्फी उडानमै प्रिमियम इकनोमी क्लासमा २५ किलोसम्मको ब्यागेज निःशुल्क हुनेछ र इकनोमी क्लासमा २० केजीसम्मको लागि छुट हुने एयरलाइन्सले जनाएको छ।

एयरलाइन्सले एसएयर एयर बिडी लिमिटेडलाई साधारण बिक्री एजेन्ट (जीएसए)को रुपमा नियुक्त गरेको छ। जसले बांगलादेशमा यस एअरलाइन्सको प्रतिनिधित्व गरी बिक्री, बजारीकरण, बजार विकास, आरक्षण र टिकट सम्बन्धी सेवाहरु प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्