चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष छनोट प्रकृया त्रुटिपूर्ण, सच्याउन माग ,नसच्याए कडा आन्दोलन : डा .केसी

काठमाडौं, असार २६ । डा गोविन्द केसीले चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष छनोट प्रकृया त्रुटिपूण रहेको भन्दै सच्याउन माग गरेका छन् ।

चिकित्सा शिक्षा सुधारका अभियान्ता केसीले राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा योग्य व्यक्ति ल्याउन माग गरे।

उनले उपाध्यक्षका लागि अहिले गरिएको नियुक्ति प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै उक्त प्रक्रिया रोकेर नयाँ प्रक्रिया सुरु गर्न पनि माग गरेका छन्।

डा केसीले आज त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै त्रुटिपूर्ण नियुक्ति प्रक्रिया नरोके कडा आन्दोलनमा जाने चेतावनी पनि दिएका छन्।

डा केसीले आयोग बनेपछि पनि पार्टीको स्वार्थअनुसार परिचालित हुने उपाध्यक्ष ल्याउने हो र आयोग नियमनको सट्टा मिलेमतोको बाटो लाग्ने हो भने सुधारको दिशामा अहिलेसम्म हात परेका उपलब्धिहरु गुम्ने निश्चित रहेको भन्दै चिन्ता व्यक्त गरे।

डा केसीले आफूले माफियामुखी प्रावधानसहितको चिकित्सा शिक्षा ऐनको अपनत्व ग्रहण नगरे पनि र त्यसमा सुधारका लागि लडिरहेको भन्दै उपाध्यक्ष छनोटको विषयमा बोल्न बाध्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्